• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर ★   कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखायो एमाले

वन्यजन्तु सप्ताह: सामुदायिक वनमा चरा अवलोकन



भरतपुर । २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो ।

चराको अवस्था अध्ययन गर्नाका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिको बारेका जानकारी दिइएको वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु विँडारीले बताउनुभयो । उहाँका हनुसार यहाँका सामुदायिक वनमा पनि चराको राम्रो बासस्थान भएका क्षेत्र छन् । चितवनमा रहेका छ सय ५५ प्रजातिमध्ये ५० प्रतिशत प्रजाति जनकौली सामुदायिक वनमा रहेका विँडारीले जानकारी दिनुभयो ।

ओझेलमा रहेका जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासका लागि दबाब सृजना गर्न वन्यजन्तु सप्ताहको अवसरमा पारेर चरा अवलोकन कार्यक्रम राखिएको वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीका गिरीले बताउनुभयो ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएकामा चिन्ता व्यक्त गर्नुभयो । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आकर्षित गर्ने गतिविधि आवश्यक रहेको उहाँले बताउनुभयो ।

घिमिरेले पर्यटकलाई डुङ्गा सयर गराइरहेको जनकौलीमा निकट भविष्यमा जीप सफारी सञ्चालन गरी उपभोक्ताको जीविकोपार्जनको आधार तयार गरिने उल्लेख गर्नुभयो ।

जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले यस वनमा चराको राम्रो बासस्थान रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । अन्य देशबाट आउने चराहरुले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेका उहाँको भनाइ छ ।

जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, वर्ड एजुकेसन सोसाइटी सौराहा र नेचर गाइड एसोसिएसन सौराहाको सहकार्यमा आवश्यक उपकरणको प्रयोग गरी चरा अवलोकन गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, भोलि डुङ्गा सयर, वैशाख ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली गरिने आयोजकले जनाएको छ । रासस