• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने ★   प्रतिनिधिसभाको बैठक आज, रवि लामिछानेले बोल्ने कार्यसूची, कांग्रेसले नदिने ★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने

लखनउमाथि कोलकाताको सहज जित



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले लखनउ सुपर जाइन्ट्स (एलएसजी)लाई पराजित गरेको छ ।

कोलकाताको जारी सिजनमा यो चौथो जित हो । सिजनको २८ औँ खेलमा आइतबार कोलकाताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।

इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लखनउमाथि कोलकाताको यो पहिलो जित समेत हो ।

कोलकाताका फिल साल्टले २६ बलमा अर्धशतक बनाए । यो सिजनमा उनको यो दोस्रो अर्धशतक हो । यो उनको आईपीएल करियरको चौथो अर्धशतक हो । उनी ४७ बलमा ८९ रनसहित अविजित रहे ।

यस्तै कप्तान श्रेयस ऐयर ३८ रनमा नटआउट रहे । लखनउका मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । एलएसजीका लागि बायाँ हाते ब्याट्सम्यान निकोलस पुरनले सर्वाधिक रन बनाए । उनले ३२ बलमा ४५ रनको इनिङ खेले । उनका अलावा कप्तान केएल राहुलले ३९ र आयुष बडोनीले २९ रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट लिए । वैभव अरोरा, आन्द्रे रसेल, वरुण चक्रवर्ती र सुनिल नारायणले एक-एक विकेट लिए ।