२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउमाथि कोलकाताको सहज जित



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले लखनउ सुपर जाइन्ट्स (एलएसजी)लाई पराजित गरेको छ ।

कोलकाताको जारी सिजनमा यो चौथो जित हो । सिजनको २८ औँ खेलमा आइतबार कोलकाताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।

इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लखनउमाथि कोलकाताको यो पहिलो जित समेत हो ।

कोलकाताका फिल साल्टले २६ बलमा अर्धशतक बनाए । यो सिजनमा उनको यो दोस्रो अर्धशतक हो । यो उनको आईपीएल करियरको चौथो अर्धशतक हो । उनी ४७ बलमा ८९ रनसहित अविजित रहे ।

यस्तै कप्तान श्रेयस ऐयर ३८ रनमा नटआउट रहे । लखनउका मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । एलएसजीका लागि बायाँ हाते ब्याट्सम्यान निकोलस पुरनले सर्वाधिक रन बनाए । उनले ३२ बलमा ४५ रनको इनिङ खेले । उनका अलावा कप्तान केएल राहुलले ३९ र आयुष बडोनीले २९ रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट लिए । वैभव अरोरा, आन्द्रे रसेल, वरुण चक्रवर्ती र सुनिल नारायणले एक-एक विकेट लिए ।