• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने ★   प्रतिनिधिसभाको बैठक आज, रवि लामिछानेले बोल्ने कार्यसूची, कांग्रेसले नदिने ★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य

लखनउले कोलकातालाई १६२ रनको लक्ष्य दियो



काठमाडौँ । लखनउ सुपर जाइन्ट्स (एलएसजी)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई १६२ रनको लक्ष्य दिएको छ ।

लखनउविरुद्धको इडेन गार्डेन स्टेडियममा भएको पहिलो खेलमा कोलकाताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो ।

एलएसजीका लागि बायाँ हाते ब्याट्सम्यान निकोलस पुरनले सर्वाधिक रन बनाए । उनले ३२ बलमा ४५ रनको इनिङ खेले । उनका अलावा कप्तान केएल राहुलले ३९ र आयुष बडोनीले २९ रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट लिए । वैभव अरोरा, आन्द्रे रसेल, वरुण चक्रवर्ती र सुनिल नारायणले एक-एक विकेट लिए ।