काठमाडौं । नेपाली साङ्गितीक क्षेत्रका उदायमान गायक अर्पण थिङ लामा र गायिका जीतु लामाको युगल स्वरमा चु तिङ् बोलको तामाङ भाषमा रहेको गित सार्वजनिक भएको छ । सो गित भर्खरै मात्र सगुन मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक अर्पण थिङ लामाले सो गित तामाङ लभ सङ्ग रहेको बताएका छन् ।
गितको म्युजिक भिडियोमा विष्णु घलान र रोशनी श्रेष्ठको अभिनय रहेको छ । त्यसैगरी गितको शब्द लेखन शुभीलाल तामाङको रहेको छ । साथै गितमा संगित जोगलाल लामाले भरेका छन भने अरेन्ज भने चन्द सिंहले गरेका छन् । यता मिक्सिङ भने दिपेश प्रधानले गरेका छन् ।