वुहान । कोरोना भाइरसको पहिलो गढ मानिएको चीनको वुहान सहरका वैज्ञानिकहरुले विश्वमा नयाँ कोरोना भाइरस ‘नियोकोभ’ फेला परेको चेतावनी दिएका छन् ।
यो नयाँ कोरोना भाइरस अत्यन्त सङ्क्रामक छ र यसबाट सङ्क्रमित तीनमध्ये एक जनाको मृत्यु हुन सक्छ। वैज्ञानिकहरुले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताए ।
यद्यपि वैज्ञानिकहरूले यो नियोकोभ कोरोना भाइरस नयाँ भने नभएको पनि बताएका छन् । नयाँ कोरोना भाइरस अझै मानिसमा नफैलिएकोमा राहतको कुरा हो ।
रुसी समाचार एजेन्सी स्पुतनिकको रिपोर्ट अनुसार यो निओकोभ कोरोना भाइरस मार्स कोभ भाइरससँग सम्बन्धित छ। यसको प्रकोप पहिलो पटक पश्चिम एसियाका देशहरूमा सन् २०१२ र २०१५ मा पत्ता लागेको थियो।
यो सार्स कोभ–२ सँग मिल्दोजुल्दो छ । यसले मानिसमा कोरोना भाइरसको सङ्क्रमण निम्त्याउँछ। दक्षिण अफ्रिकामा यो निओकोभ भाइरस चमेरोमा देखिएको छ र यो अहिलेसम्म जनावरमा मात्र देखिएको छ ।
नयाँ कोरोना भाइरसमा मर्स र हालको कोरोना भाइरसको गुण
bioRxiv वेबसाइटमा प्रकाशित अनुसन्धान अनुसार नियोकोभ र यसको नजिकको सहयोगी PDF-2180-CoV ले मानिसलाई संक्रमित गर्न सक्छ।
वुहान युनिभर्सिटी र चाइना एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरुका अनुसार यो नयाँ कोरोना भाइरसले मानव कोशिकालाई सङ्क्रमित गर्न एउटा मात्र म्युटेशन आवश्यक छ ।
अनुसन्धानअनुसार नियोकोभ भाइरसले मर्सजस्तै धेरै बिरामीहरूको मृत्यु हुन सक्छ। यो सङ्ख्या हरेक तीन बिरामीमा एक हुन सक्छ।
नियोकोभ भाइरसमा हालको सार्स कोभ–२ कोरोना भाइरसको गुणहरू छन् जसले यसलाई अत्यधिक सङ्क्रामक बनाउँछ।
यस सम्बन्धमा रुसको सरकारी भाइरोलोजी रिसर्च सेन्टरले बिहीबार एक विज्ञप्ति जारी गर्दै भेक्टर रिसर्च सेन्टरलाई नियोकोभ कोरोना भाइरसबारे चिनियाँ अनुसन्धानकर्ताहरूले सङ्कलन गरेको तथ्याङ्कसँग परिचित रहेको बताएको छ।
वर्तमानमा यो मानिसलाई सङ्क्रमित गर्न सक्षम छैन। यद्यपि यसको खतरालाई ध्यानमा राख्दै थप अध्ययन आवश्यक छ।











