२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभान्टेसँग रियल पराजित



अ+ अ-

म्याड्रिड । रियल मड्रिड स्पेनी ला लिगामा शनिबार लेभान्टेसँग पराजित भएको छ । दस खेलाडीमा सीमित मड्रिड लेभान्टेसँग २–१ ले पराजित भएको हो । खेलको नवौं मिनेटमा रियलले डिफेन्डर एडर मिलिटाओलाई गुमाए पनि मार्को एसेनसोको गोलमा अग्रता लिएको थियो ।

तर लेभान्टेका लागि जोसे लुइसले बराबरी गोल गरे भने रोजर मार्टीले खेल सकिन १२ मिनेट अगाडि निर्णायक गोल गरे । रियल २० खेलबाट ४० अंकसहित दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड १८ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा छ ।

शनिबारकै अर्को खेलमा सेभियाले आइबरलाई २–० ले हराई तेस्रो स्थानमा उक्लियो । उसको २० खेलबाट ३९ अंक छ । यस्तै भ्यालेन्सियाले एल्चेलाई १–० ले हरायो भने भिल्लारियल र रियल सोसिडाडले १–१ को बराबरी खेले ।