२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेन्स प्रिमियर कपः नेपालको लगातार दोस्रो जित, कतारलाई ३२ रनले हरायो



अ+ अ-

काठमाडौँ । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा पनि नेपालले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले हराएको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेटको क्षतिमा १७८ रनमात्रै बनाउन सक्यो ।

उसका लागि मुहम्मद तनविरले ३३ बलमा ६३ रन जोडे । यस्तै, कमरान खानले १८, मोहम्मद अहनाफले २३, हिमान्सु राठोरले २२ (नटआउट) अदनान मिर्जाले १९ रन जोडे ।

बलिङतर्फ नेपालका ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २-२ विकेट लिए भने कुशल मल्ल र अभिनाश बोहराले १-१ सफलता हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१० रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्धशतकीय पारी खेले । मात्र २१ बलमा दिपेन्द्र ६४ रनसहित अविजित रहे ।

उनले अन्तिम ओभरमा सबै बलमा छक्का हाने । अर्थात् उनले ६ बलमा ६ छक्का प्रहार गरे । आफ्नो पारीमा उनले ७ छक्का र ३ चौका हिर्काए ।

आसिफले ४१ बलमा ५२ रनको योगदान दिए । उनले ६ चौका हाने । यस्तै, कुशल मल्लले १८ बलमा ३५ रनको योगदान दिए ।

रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रन जोडे । कतारका लागि हिमान्सु राठोर र मुसवार शाहले ३/३ तथा आमिर फारुकले १ विकेट लिए ।

नेपालले हिजो भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।