• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ ★   टी–२० विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा, आईपीएल खेल्ने ८ खेलाडीले पाए मौका ★   सलमानको घरमा गोलीबारी काण्डका आरोपीले प्रहरी हिरासतमै आत्महत्या गरे ★   वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित ★   श्रम सम्बन्धि विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण: अध्यक्ष ढकाल ★   संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने सरकारको तयारी ★   उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामीरिता ★   श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध दबाबमा नेपाल, पाँचौं विकेट गुमायो ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो चौंथो विकेट, आउट भए बम

राप्रपा लक्षित ओलीको टिप्पणी: मलाई एउटा मालिक चाहियो भनेर कुद्ने समय होईन



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चेतावनी दिनुभएको छ ।

गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएकाले संवैधानिक बाटोबाटै समस्या समस्याको समाधान गर्न सकिने भएकाले सोही अनुसारको गतिविधि अघि बढाउन उहाँले राप्रपालाई सचेत पनि गराउनु भयो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताउनु भयो । उहाँले गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्ने बताउनु भयो । ओलीले कुनैपनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिवन्ध नलगाएकोतर्फ पनि राप्रपालाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अराजकता बढयो समाजमा । के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने ? जस्ता कुराहरु भएनन् । र अहिले पनि केही मान्छेहरुमा उत्ताउलापनहरु देखिन्छन् । म ती राजनीतिक शक्ति र व्यक्तिहरु छन् । त्यस्ता राजनीतिक समूह वा व्यक्तिहरुलाई आग्रह पनि गर्न चाहन्छु, सुझाव पनि दिन चाहन्छु–संविधानको दायरा भित्र आउनुस् । संवैधानिक र शान्तिपूर्ण दायरा भित्र आउनुस् र त्यस भित्रका माग र चिन्तन जे छन्, संविधान भित्रबाट गर्नुस् । अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिवन्ध छैन । निरंकुशताका समयमा राजतन्त्र भएका बेलामा त्यसले प्रतिगमन गथ्र्यो । अहिले जनताका अधिकार खोसिँदैन । खोस्न मिल्दैन । यो राजतन्त्र भएको समय होइन, खोस्न मिल्दैन । यो गणतन्त्र हो । त्यसैले यहाँ जनताका नागरिकका अधिकारहरु सुरक्षित रहन्छन । ती अधिकारहरुको प्रयोग संविधान भित्रबाट गरेर अगाडि बढ्न पाईन्छ, गर्न सकिन्छ । गर्नुपर्छ । संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा मालिक चाहियो भनेर कुद्ने । त्यसले एउटा व्यक्तिलाई मालिक थपना गर्दैन । देशले नागरिक सर्वोच्चतालाई मान्छ । जनतामा रहेको सार्वभौमसत्तालाई मान्छ । सबै कुरा माग्न पाईन्छ । त्यो पनि संविधान भित्रबाट गर्नु पर्छ । संविधानले शान्तिपूर्ण ढंगबाट परिवर्तनको मागलाई इन्कार गरेको छैन । हकहरु दिएको छ । पञ्चायत कालमा दिएको थिएन । बोल्यो भने अनेक मुद्दा लगाईदिन्थ्यो । ’

अध्यक्ष ओलीले मुलुकमा केही पनि भएको छैन भन्ने खालको निराशा पालेर नबस्न पनि युवालाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल