११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

राप्रपा लक्षित ओलीको टिप्पणी: मलाई एउटा मालिक चाहियो भनेर कुद्ने समय होईन

राप्रपा लक्षित ओलीको टिप्पणी: मलाई एउटा मालिक चाहियो भनेर कुद्ने समय होईन
अ अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चेतावनी दिनुभएको छ ।

गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएकाले संवैधानिक बाटोबाटै समस्या समस्याको समाधान गर्न सकिने भएकाले सोही अनुसारको गतिविधि अघि बढाउन उहाँले राप्रपालाई सचेत पनि गराउनु भयो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताउनु भयो । उहाँले गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्ने बताउनु भयो । ओलीले कुनैपनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिवन्ध नलगाएकोतर्फ पनि राप्रपालाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अराजकता बढयो समाजमा । के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने ? जस्ता कुराहरु भएनन् । र अहिले पनि केही मान्छेहरुमा उत्ताउलापनहरु देखिन्छन् । म ती राजनीतिक शक्ति र व्यक्तिहरु छन् । त्यस्ता राजनीतिक समूह वा व्यक्तिहरुलाई आग्रह पनि गर्न चाहन्छु, सुझाव पनि दिन चाहन्छु–संविधानको दायरा भित्र आउनुस् । संवैधानिक र शान्तिपूर्ण दायरा भित्र आउनुस् र त्यस भित्रका माग र चिन्तन जे छन्, संविधान भित्रबाट गर्नुस् । अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिवन्ध छैन । निरंकुशताका समयमा राजतन्त्र भएका बेलामा त्यसले प्रतिगमन गथ्र्यो । अहिले जनताका अधिकार खोसिँदैन । खोस्न मिल्दैन । यो राजतन्त्र भएको समय होइन, खोस्न मिल्दैन । यो गणतन्त्र हो । त्यसैले यहाँ जनताका नागरिकका अधिकारहरु सुरक्षित रहन्छन । ती अधिकारहरुको प्रयोग संविधान भित्रबाट गरेर अगाडि बढ्न पाईन्छ, गर्न सकिन्छ । गर्नुपर्छ । संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा मालिक चाहियो भनेर कुद्ने । त्यसले एउटा व्यक्तिलाई मालिक थपना गर्दैन । देशले नागरिक सर्वोच्चतालाई मान्छ । जनतामा रहेको सार्वभौमसत्तालाई मान्छ । सबै कुरा माग्न पाईन्छ । त्यो पनि संविधान भित्रबाट गर्नु पर्छ । संविधानले शान्तिपूर्ण ढंगबाट परिवर्तनको मागलाई इन्कार गरेको छैन । हकहरु दिएको छ । पञ्चायत कालमा दिएको थिएन । बोल्यो भने अनेक मुद्दा लगाईदिन्थ्यो । ’

अध्यक्ष ओलीले मुलुकमा केही पनि भएको छैन भन्ने खालको निराशा पालेर नबस्न पनि युवालाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल