१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्र र आसिफको अर्धशतकमा नेपालले कतारलाई दियो २११ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कप अन्तर्गत नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१० रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्धशतकीय पारी खेले । मात्र २१ बलमा दिपेन्द्र ६४ रनसहित अविजित रहे ।

उनले अन्तिम ओभरमा सबै बलमा छक्का हाने । अर्थात् उनले ६ बलमा ६ छक्का प्रहार गरे । आफ्नो पारीमा उनले ७ छक्का र ३ चौका हिर्काए ।

आसिफले ४१ बलमा ५२ रनको योगदान दिए । उनले ६ चौका हाने । यस्तै, कुशल मल्लले १८ बलमा ३५ रनको योगदान दिए ।

रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रन जोडे । कतारका लागि हिमान्सु राठोर र मुसवार शाहले ३-३ तथा आमिर फारुकले १ विकेट लिए ।




भर्खरै