• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौंका मेयर बालेन्द्र शाह फ्रान्स प्रस्थान ★   शम्भुजीत बासकोटालाई जापानमा ‘दीर्घ साधना सम्मान’ ★   क्रिकेटर सन्दीपको मुद्दाको पेसी आज, निर्दोष ठहर भए विश्वकप खेल्न पाउने ★   राजनीतिक द्वन्द्वले सरकारको नीति तथा कार्यक्रम नै अन्योल ★   लिभरपुल र एस्टन भिल्लाले बराबरी खेले ★   गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो ★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस

कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने 



मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताउनुभएको छ ।

नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार गठन गर्न वर्तमान सरकारमा सहभागी हुन आग्रहसमेत गर्नुभयो । उहाँले प्रदेशको समृद्धि, जनताको इच्छाचाहनालाई पूरा गर्न साथ र सहयोग दिन सबै राजनीतिक दललाई अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिइसकेको अवस्थामा आगामी दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।रासस