११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन नै घट्यो नप्से, आइतबार परिसूचक ५४.७५ अंकले घट्दा छायो निराशता



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.७५ अंकले घटेको छ। यस दिन शेयर बजार २.२६ प्रतिशतले घटेर २ हजार ३७०.५४ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ९.७३ अंक घटेर ४३२.३३ विन्दुमा झरेको छ । 

आइतबार सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सकै भएको छ । यसदिन उक्त कम्पनीको रू. ३९ करोड ८९ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ । गत सातादेखि उक्त कम्पनीले लगातार सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको छ । उक्त कम्पनीको शेयरमूल्य ३.२४ प्रतिशत अर्थात् प्रतिकित्ता रू.७६ ले घटेर अन्तिम मूल्य रू. २ हजार २७३ कायम भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू.६९ ले बढेर उक्त कम्पनीको अन्तिम मूल्य रू. ७६४ कायम भएको हो । यो दिन सर्वाधिक शेयरमूल्य रिलायन्स फाइनान्सको ८.३० प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. २३२ कायम भएको हो ।

यस दिन उच्च अंकले घटेको बजारमा रू.८ अर्ब ९७ करोड ३२ लाख ६ हजार बराबरको १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमले भने बजारमा उत्साह कायमै रहेको देखाउँछ । साथै कारोबारमा आएका सबै परिसूचक घटेको छ । यी मध्ये पनि वित्त समूहको परिसूचक सर्वाधिक ४.४ प्रतिशतले घटेको हो ।

त्यस्तै बैंकिङको २.४५ प्रतिशत, व्यापारिक ०.६८ प्रतिशत, होटल १.१४ प्रतिशत, विकास बैंक २.०८ प्रतिशत, जलविद्युत १.९८ प्रीतशत, निर्जीवन बीमा २.१ प्रतिशत, उत्पादन तथा प्रशोधन २.१८ प्रतिशत, अन्य १.३२ प्रतिशत, लघुवित्त २.९२ प्रतिशत, जीवन बीमा २.५८ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.४७ प्रतिशतले घटेको छ ।




भर्खरै