३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वर्ल्ड लिंकः ३ अर्ब लगानीमा १४ वटा डाटा सेन्टर स्थापना

वर्ल्ड लिंकः ३ अर्ब लगानीमा १४ वटा डाटा सेन्टर स्थापना
अ+ अ-

काठमाडौँ । इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्ने भएको छ । ३ अर्ब लगानीमा आगामी ३ वर्षभित्र काठमाडौँ, भक्तपुर, लेखनाथ, हेटौडा, भरतपुर, बुटवल, दुहावी, बिरगञ्ज, कोहलपुर, अत्तरिया, ढल्केबर, सुर्खेत, भैरहवा लगायतका स्थानमा डाटा सेन्टर स्थापना गर्न लागेको हो ।

कम्पनीले बिहीबार आयोजना गरेको भर्चुयल मिटिङमा बोल्दै संस्थाका कार्यकारी निर्देशक केशव नेपालले इन्टरनेटको विकासको लागि अग्रगामी सोच लिदैँ देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्न लागेको बताउनु भएको छ । 

नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणा अनुरुप नै डाटा सेन्टरले सम्बोधन गर्ने कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले जानकारी दिनुभयो । ‘यो ठुलो प्रयास हो यसका लागि हामीले विभिन्न कम्पनीहरुसँग सहकार्य गर्ने छौं’ उनले भने, ‘यद्यपी अहिलेसम्म कुन कम्पनी भन्ने यकिन भएको छैन हामी छलफल गरिरहेका छौं ।’

नेपालको कुनाकाप्चासँग वर्ल्ड लिंक पुर्‍याउँदै जनताको पहुँचमा इन्टरनेट पुर्याउने उद्देश्यका साथ वर्ल्ड गाउँगाउँमा विस्तार हुँदै गएको छ । हालसम्म देशभरका ४ लाख ५४ हजार ६ सय घरधुरीमा २६ लाखभन्दा बढी वर्ल्ड लिंकका प्रयोगकर्ता रहेका छन् ।