• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

एमालेमा हार्ने छुट छैनः मुख्यमन्त्री अधिकारी



गलकोट (बागलुङ) गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री अधिकारीले मुलुक विकासका लागि एमालेलाई हार्ने छुट नभएको बताउनुभयो ।

उहाँले वर्तमान गण्डकी प्रदेश सरकारले नै बाँकी कार्यकाल काम गर्ने भन्दै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताउनुभयो । “राजनीतिमा घच्चपच्च हुन्छ, केही राम्रा कामको सुरुआत गर्दैगर्दा मुख्यमन्त्री गयो, अहिले फेरि मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्नेछ, मध्यावधिमा जान दिँदैनौँ, गइहाले निर्वाचनबाट एकल बहुमत लिएर आउँछौँ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो । उहाँले अबको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै त्यसतर्फ काम गर्नका लागि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा निर्माण गरेको पहिलो पञ्चवर्षीय योजनाको केही राम्रा कामलाई दोस्रो पञ्चवर्षीय योजनामा राखेर कार्यान्वयनमा लैजान थालेको उहाँको भनाइ छ । अहिले देशमा सामाजिक र राजनीतिक अराजकता बढेको बताउँदै मुख्यमन्त्री अधिकारीले देशलाई नयाँ गति दिन नयाँ समीकरण निर्माण गरेको बताउनुभयो ।

एमालेले आगमी चुनावलाई मिसनका रूपमा लिएको बताउँदै एमालेको पक्षमा जनलहर आइरहेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा एमालेको बहुमत आए पनि विचार मिल्ने राजनीतिक दलसँग सहकार्य भने जारी राख्ने बताउनुभयो ।