५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको ब्यबस्था समस्याको पोको भयो,अब परिबर्तन गर्ने समय आयो: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको ब्यबस्था समस्या नै समस्याको पोको भएको भन्दै परिबर्तन गर्ने समय आएको बताएका छन् । अहिलेको ब्यबस्थाले देश र जनताको अबस्था परिबर्तन गर्न नसक्ने भन्दै थापाले गणतन्त्र ,संघीयता र धर्म निरपेक्षता मुलुकले धान्न नसक्ने दाबी गरे ।

गणतन्त्र भ्रष्टाचारको संरक्षक र बेथितिको मुल भएकोले यो प्रणाली र ब्यबस्थाले मुलुकलाई सुरक्षित राख्न नसक्ने बताए । देशलाई बचाउन र बनाउन राजा सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र आबश्यक भएको भन्दै थापाले गणतन्त्र भ्रष्टतन्त्रमा परिणत भएको बताए । पार्टीको कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै थापाले सस्तो र चर्का कुराले मुलुकको समस्याको समाधान हुन नसक्ने चर्चा गर्दै दीर्घकालीन सोच र कार्ययोजना बिना दिगो बिकास र स्थायित्व हुन नसक्ने थापाले बताए ।

अहिलेको प्रणाली सहमति मै परिबर्तन हुन सक्ने भन्दै सहमति गर्न कन्जुस्याइँ गरे आन्दोलनको बिकल्प नहुने समेत थापाको धारणा थियो । ब्यबस्था परिबर्तनको लागि सडकमा आउने शक्तिहरु सबैलाई समेटेर एकजुट भएर आन्दोलनमा जाने बिषयमा राप्रपा नेपालले पहल गर्ने समेत उनको धारणा थियो। लुटतन्त्रले निरन्तरता पाए मुलुक थिलथिलो हुने भन्दै थापाले अब निर्णायक आन्दोलनको जरुरी भएको बताए।

बैठकले इलाम उपनिर्बाचन लक्ष्यित कार्य योजनालाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । अध्यक्ष थापा लगायत पदाधिकारीहरु इलाम जाने समेत तयारी गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकले उपनिर्बाचनको लागि सह -महामन्त्री तेज कुरुङ्गवाङको संयोजकत्वमा समन्वय समिती निर्माण गरेको छ । समितिमा प्रेम भट्टराई ,माधब आचार्य ,ममता राई, रोहित पौडेल ,भरत पोखरेल,कमल खरेल रहेका छन् ।