३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ह्याममाथी जित हाँसिल गर्दै लिभरपुल लयमा फर्कियो



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार मोहम्मद सलाहले गरेको दुई गोलमा लिभरपुलले वेस्ट ह्याममाथी ३–१ को जित हाँसिल गरेको छ । यो नतिजापछि क्लब तेस्रो स्थानमा उक्लिन पनि सफल भएको छ । इजिप्टका फरवार्डले लिगका सात खेलयता गोल गरेको यो पहिलोपल्ट हो । लिभरपुलको अब ४० अंक भएको छ । उसले चार दिनको अन्तरमा लन्डनमा जितेको यो लगातार दोस्रो खेल हो ।

लिभरपुलले यससँगै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी पनि चार अंकमा छोट्याएको छ । सिटीले एक खेल कम खेलेको छ । अब आइतबार यी दुई टिम लिगमा भिड्नेछन् ।

आइतबारका अन्य खेलमा ब्राइटनले टोटनहमलाई १–०, लिड्सले लेस्टर सिटीलाई ३–१ र चेल्सीले बर्नलीलाई २–० ले पराजित गरेका थिए । हारसँगै लेस्टर ३९ अंकसाथ चौथो स्थानमा झरेको छ ।