१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीमाथि बार्सिलोनाको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले पिएसजीलाई उसकै घरेलु मैदानमा ३-२ गोलले हरायो ।

बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई तथा एन्ड्रियाज क्रीस्टेन्सेनले एक गोल गरे । पिएसजीका ओस्मान डेम्बेले र भिटिन्हाले गोल गरेपनि घरेलु टोलीको हार टार्न सकेनन् ।

अब दोस्रो लेगको खेल आगामी हप्ता बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।