१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत



अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीले हालैको बाढीपहिरो र डुबान पीडितलाई राहत सामाग्री पठाएको छ ।

राहत सामाग्री काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेला जुटाएर हस्तान्तरण गर्न लागिएको हो ।

यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा बाढीपहिरोले हालै पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सान्त्वना सन्देश दिनुभएको छ ।

उहाँले समकक्षी तथा परराष्ट्रमन्त्री डा. आरजू राणालाई पठाउनुभएको सन्देशमा छिमेकी चीन दुःखको बेला नेपालको आवश्यकताबमोजिम प्रकोप पीडितहरुको उद्धारका लागि तयार रहेको बताउनुभएको छ।

यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरुको सहयोगार्थ नेपाल सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त रकम बराबरको चेक बुधबार गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।