२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीको विषय सत्ताको दाउपेचको विषय बनाउनु हुँदैन: सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सहकारीको विषयलाई सत्ता दाउपेचको विषय बनाउनु नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा कोही अस्पष्ट नभएको भन्दै यसलाई सत्ताको दाउपेचको विषय बनाउनु नहुने बताउनुभएको हो ।

उहाँले कोही व्यक्ति विशेषलाई खुइल्याउने र तत्काल रियाक्ट गर्ने विषयमा संसदलाई लानु नहुने बताउनु भयो । उहाँले संसदलाई बन्धक नबनाई अगाडी बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । सांसद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा प्रधानमन्त्रीले फैसला सुनाएको आरोप लगाएको भन्दै प्रधानमन्त्रीले राज्यका संयन्त्रले दिएका तथ्य र प्रमाणको आधारमा कुरा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चक्काजाम जस्तो आन्दोलनका स्वरुपलाई बदलेर रचनात्मक, सिर्जनात्मक ढंगबाट आन्दोलनहरु बाहिर सडकमा हामी देख्नसक्छौँ । सडकबाट भएका रचनात्मक शैलीहरुलाई कमसेकम सदनमा विकास गरिनुपर्दछ । सबैका विचार, भावना, दृष्टिकोणहरुलाई बहश गर्ने वातावरण सिर्जना गरिनुपर्दछ । असहिष्णु नबसिकन धैयर्तापूर्वक, धिरतापूर्वक यो संसदलाई बहशको थलोको रुपमा विकास गर्नका लागि म अपील गर्न चाहान्छु । तथ्य, तथ्यांकहरु प्रधानमन्त्री आफैँले काल्पनिक ढंगले विषयहरु खडा गर्ने त होइन ।’

‘प्रधानमन्त्रीले आफ्ना राज्यका संयन्त्रहरुले दिएका सबै तथ्य, प्रमाणहरुलाई संसदमा आएर प्रस्तुत गर्नुभएको हो । त्यसमा तपाईहरुले भनिरहनु भएको छ कि प्रधानमन्त्रीले फैसला गर्नुभयो । प्रधानमन्त्रीले फैसला गर्नुभएको होइन । राज्यका संयन्त्रहरुले दिएका तथ्य, प्रमाणहरुका आधारमा संसदमा प्रस्तुत गर्नुभएको हो । म प्रमुख प्रतिपक्ष र सबैलाई के अपील गर्न चाहान्छु भने अमुक रुपमा कोही व्यक्ति विशेषलाई खुइल्याउने, तत्काल कुनै रियाक्टको विषय बनाउने भन्दापनि संसदलाई बन्धक नबनाएर अगाडी लानुपर्छ । सहकारीका पीडितले न्याय पाउनुपर्छ त्यसकुरामा हामी कोही अस्पष्ट छैनौँ । तर सत्ता दाउपेचको बहश र मन्थनको विषय संसदलाई बनाइदिनु हुँदैन ।’

सांसद सापकोटाले संसदमा सबैको विचार, भावना र दृष्टिकोणहरुलाई बहश गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।