९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

टेस्ला भारतमा बलियो उत्पादन उपस्थिति स्थापना गर्ने योजनामा छ: एलन मस्क

टेस्ला भारतमा बलियो उत्पादन उपस्थिति स्थापना गर्ने योजनामा छ: एलन मस्क
अ अ+ अ-

नयाँदिल्ली । टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले अन्य मुलुकमा जस्तै भारतमा पनि विद्युतीय कार हुनुपर्ने बताउनुभएको छ । उहाँले टेस्लाले भारतमा विद्युतीय सवारी साधन उपलब्ध गराउनु आफ्नो कम्पनीका लागि स्वाभाविक प्रगति हुने बताउनुभयो ।

“भारत अहिले जनसङ्ख्याका आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक हो, अन्य मुलुकमा भएजस्तै भारतमा विद्युतीय कारहरू हुनुपर्छ, भारतमा टेस्लाले विद्युतीय सवारी साधन उपलब्ध गराउनु स्वाभाविक प्रगति हो”, नोर्गेस बैंक इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत निकोलाई टाङ्गगेनसँगको ‘एक्स स्पेस’ सत्रमा उहाँले भन्नुभयो ।

अर्बपति सिइओले भन्नुभयो, “भविष्यमा सबै सवारी विद्युतीय हुनेछन् र यो केवल समयको कुरा हो ।” भारतीय बजारमा आफ्नो उपस्थितिलाई सुदृढ पार्न टेस्लाले भर्खरै आफ्नो प्रयासलाई तीव्रता दिएको छ र अत्याधुनिक उत्पादन कारखाना स्थापना गर्न उपयुक्त स्थानको खोजी गरिरहेको छ ।

महाराष्ट्र र गुजरातका राज्य सरकारले भारतमा विद्युतीय कारको प्लान्ट स्थापना गर्न टेस्ला उत्पादक कम्पनीलाई आकर्षक जग्गा प्रस्ताव गरेका छन् । उक्त प्रस्तावित प्लान्टमा दुईदेखि तीन अर्ब अमेरिकी डलरसम्मको लगानी लाग्ने र यसले अन्तर्राष्ट्रिय बजारहरू पनि लिने बताइएको छ ।

यो कदम भारतको नयाँ ‘विद्युतीय सवारी नीति’ पछि आएकाले यसले भारतमा विद्युतीय सवारी उत्पादन कारखाना स्थापना गर्न प्रोत्साहन प्रदान गरेको छ । यस योजनाअन्तर्गत भारतलाई अत्याधुनिक प्रविधिले सुसज्जित विद्युतीय सवारी उत्पादन गन्तव्यका रूपमा स्थान दिने लक्ष्य राखिएको छ । साथै देशमा उद्यमशीलतालाई बढावा दिन ‘मेक इन इन्डिया’ पहललाई समावेश गरिएको छ ।

यस नीतिले ५० करोड अमेरिकी डलरको न्यूनतम लगानी सीमा र घरेलु मूल्य अभिवृद्धि ९डिएभी० को महत्त्वपूर्ण स्तर हासिल गर्न उत्पादकहरूलाई प्रोत्साहित गर्न आग्रह गरेको छ । सवारी साधन बनाउन प्रयोग हुने पार्टपुर्जाको २५ प्रतिशत स्वदेशमै प्रयोग गर्नुपर्ने नीतिमा उल्लेख छ ।

पैँतिस हजार अमेरिकी डलर वा सोभन्दा बढी मूल्यका सवारी साधनमा निर्माताले तीन वर्षभित्र भारतमा उत्पादन सुविधा निर्माण गरेमा पाँच वर्षका लागि १५ प्रतिशत भन्सार शुल्क लगाइने छ ।

नीति अन्तर्गत आयात गर्न अनुमति दिइएको कूल विद्युतीय सवारीे सङ्ख्या लगानीका आधारमा सीमित हुनेछ । यदि ८० करोड अमेरिकी डलरभन्दा बढी लगानी भएमा वार्षिक आठ हजारभन्दा बढी नभई अधिकतम ४० हजार विद्युतीय सवारी साधन आयात गर्न सकिने नीतिमा उल्लेख गरिएको छ ।

टेस्लाले उत्पादन सुविधाका लागि भारतको उपयुक्त स्थान खोज्नका लागि विशेषज्ञहरूको टोली पठाउने योजना बनाएको छ ।

गत वर्ष अमेरिकाको ऐतिहासिक चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटमा आफूलाई भारत भ्रमणको निम्तो दिनुभएको मस्कले बताउनुभयो ।

केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले क्यालिफोर्नियामा टेस्ला उत्पादक कम्पनीको भ्रमण गरेपछि अमेरिकी विद्युतीय कार निर्माता टेस्ला भारतबाट आफ्नो कम्पोनेन्ट आयात दोब्बर गर्ने बाटोमा रहेको बताउनुभएको थियो ।