२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप खेल्ने नेपाली टिम घोषणा



file photo: can
अ+ अ-

काठमाडौँ । ओमानमा अप्रिल १२ (चैत ३० देखि) हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुलशन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह ।

कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।

टी–२० फर्म्याटमा हुने कपमा नेपालले पहिलो खेल मलेसियासँग ३० चैतमा खेल्नेछ । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।