• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

यी हुन् आईपीएलमा सबैभन्दा बढी ‘प्लेयर अफ द म्याच’ बन्ने खेलाडीहरु



एजेन्सी । आईपीएलको को पहिलो संस्करण २००८ मा खेलिएको थियो । यस प्रतियोगिताको अहिलेसम्म १६ सिजन भइसकेका छन्, तर के तपाईलाई थाहा छ अहिलेसम्म सबैभन्दा धेरै प्लेयर अफ द म्याचको उपाधि जित्ने खेलाडीको सूचीमा को–को छन् ?

१. एबी डिभिलियर्स – यो सूचीमा एबी डिभिलियर्स नम्बर एकमा छन् । एबी डिभिलियर्स आईपीएल खेलमा कीर्तिमानी २५ पटक प्लेयर अफ द म्याच बने । रोयल च्यालेन्जर्स बैंगलोर बाहेक, एबी डिभिलियर्स आईपीएलमा दिल्ली क्यापिटल्सको हिस्सा थिए ।

२. क्रिस गेल – क्रिस गेलले आईपीएलमा २२ पटक प्लेयर अफ द म्याचको अवार्ड जिते । रोयल च्यालेन्जर्स बैंगलोरका अलावा क्रिस गेलले कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबाट खेलेका थिए ।

३. रोहित शर्मा – यो सूचीमा रोहित शर्मा तेस्रो स्थानमा छन् । रोहित शर्माले १९ पटक प्लेयर अफ दि म्याचको उपाधि जितेका छन् । मुम्बई इन्डियन्स बाहेक रोहित शर्मा डेक्कन चार्जर्स हैदरावादको एक हिस्सा रहेका छन् ।

४. डेभिड वार्नर – डेभिड वार्नरले आईपीएलमा १८ पटक प्लेयर अफ द म्याचको अवार्ड जितेका छन् । दिल्ली क्यापिटल्स बाहेक उनले सनराइजर्स हैदरावादबाट खेलेका छन् ।

५. महेन्द्र सिंह धोनी – यो सूचिमा महेन्द्र सिंह धोनी पाँचौं नम्बरमा छन् । धोनी आईपीएल खेलमा १७ पटक प्लेयर अफ द म्याच घोषित भएका छन् । चेन्नई सुपर किंग्स बाहेक उनी राइजिङ पुणे सुपरजायन्ट्सको पनि हिस्सा रहेका छन् ।