२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आज चुनाव चिह्न दिइने



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क)मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । आयोगले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ ।

उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (क) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिह्न पनि आजै प्रदान गरिने आयोगले जनाएको छ ।