२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गर्छौं: उद्योगमन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताउनुभएको छ ।

सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौँमा भएको १८ औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पुर्‍याएको दाबी गर्नुभयो । उहाँले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताउनु भयो । उद्योगमन्त्री भण्डारीले समयाअनकुल उद्योग नीति,वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनकुल अगाडि बढाउने बताउनु भयो ।

मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले करको विषयमा उद्योगी व्यवसायीहरुका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिनुभयो । उहाँले विश्व बजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरुमा बढी केन्द्रित वस्तुहरु उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गर्नुभयो । उहाँले नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरुलाई निर्यात गर्ने वातावरण बनाउनु पर्ने बताउनु भयो । उहाँले उद्योग नीतिमा भएका अस्पष्टताहरुलाई सरकारले चाँडै समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । १० वटा उद्योगसँग सम्बन्धि ऐनहरु संशोधन गरेर उद्योगी व्यवसायीहरु उद्योग मन्त्रालय आएर मागहरु पूरा गरौं भन्ने देउसीभैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो,‘उद्योगमैत्री कानून बनाउने अन्तिम चरणमा पुगेका छौं । त्यसको प्रक्रियामा अगाडि बढेका छौं । यही संसदको अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानूनहरु संशोधनको प्रक्रियामा अगाडि बढाएका छौं । त्यसमा सरकारको छुट्टै छैन । जब निजी क्षेत्र बलियो हुँदैन । त्यहाँका सम्भावनालाई देख्दैन भने सरकार दायित्वबाट पछाडी हट्दैन । सरकार त्यो दायित्वलाई पूरा गर्न निजी क्षेत्रसँग पर्याप्त छलफल गरेर यही संसदको अधिवेशन अबको एक साताभित्र अहिले सरकारभित्र रहेका परिर्वती सन्दर्भमा कानूनहरुलाई परिमार्जित गरेर उद्योग मैत्री,लगानी मैत्री वातावरण सिर्जना गर्नेछौं । सरकारले समयाअनकुल उद्योग नीति,वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनकुल अगाडि बढाउनु पर्ने र करका विषयहरु पनि छन् । सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा छ । बजेटमा पनि हर्बल तथा जडिबुटी उद्योगलाई दिनु पर्ने सहुलियत दिन्छ । उद्योग मन्त्रालय उद्योगीहरुको पक्षमा छ ।

करको विषयमा उद्योगी व्यवसायीहरुका असहमतिहरु छन् । त्यसलाई कसरी नीतिगत रुपमा समाधान गर्न सकिन्छ । कच्चा पदार्थ आयात गरेर चल्ने उद्योग सफल हुन सकेका छैनन् । विश्व बजारसँग प्रतिस्पर्धा गर्न सकेको छैन । त्यसैले नेपालको प्राकृतिक सम्पदा,स्रोतहरुमा बढी केन्द्रित गर्नुपर्ने छ । रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरुलाई निर्यात गर्ने वातावरण बनाउनु पर्नेछ । सरकारले निर्यातजन्य वस्तुहरुमा विगतदेखि अनुदान दिँदै आएको छ । उद्योग नीतिमा अब अस्पष्टताहरु रहेन छैनन् । त्यसको सरकारले समाधान गर्नेछ । १० वटा उद्योगसँग सम्बन्धि ऐनहरु संशोधन गरेर उद्योगी व्यवसायीहरु उद्योग मन्त्रालय आएर मागहरु पूरा गरौं भन्ने देउसीभैलीको अन्त्य गरेर उद्योगीहरुले ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गर्ने छौं । बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउँदैछ । स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न चाँडै कार्यविधि मन्त्रीपरिषद्बाट पास गरेर प्रधानमन्त्री नेपाली अभिवेद्धि कार्यक्रम ल्याउँदैछौं । स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउँदैछौं । यसरी सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरामा कुनै कसर बाँकी राख्ने छैन ।’

मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको पनि बताउनु भयो । उहाँले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउँन लागेको जानकारी दिनुभयो । उहाँले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताउनु भयो ।




भर्खरै