१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्डसिप कप फाइनलः रोहितको विष्फोटक ब्याटिङमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको फाइनल खेलमा नेपालले गुजरातलाई रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ७४ रनको योगदान दिए । यस्तै, कुशल मल्ल १३ बलमा ३१ तथा सन्दीप जोरा ३ बलमा ७ रनसहित अविजित रहे । यस्तै, कुशल भुर्तेलले १९, आसिफ शेखले ३४ रनको योगदान दिए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, सिन पटेल, तेजस पटेल र जाला युवराजसिंहले १–१ विकेट लिए ।