१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्डसिप कपको उपाधिका लागि गुजरातसँग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा आज आइतबार फाइनल खेल्दैछ ।

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आज आइतबार दिउँसो नेपालले गुजरातविरुद्ध उपाधिका लागि खेल्न लागेको हो । यसअघि भएका दुई प्रतिस्पर्धामा नेपालले गुजरातलाई पराजित गरेको थियो ।

लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको थियो ।

नेपाली क्रिकेट टोलीको भारत भ्रमणलाई आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा हेरिएको छ ।

विश्वकपमा नेपाल समूह ‘डी’मा छ । नेपालको यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।