२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको उच्च प्रदर्शन जारी छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ३–० गोलले पराजित गर्यो ।

ब्राइटनमाथि उसकै घरेलु मैदानमा जित निकालेको आर्सनल पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

आर्सनललाई महत्वपूर्ण जित दिलाउन बुकायो साका, काई हाभेट्र्ज र लियान्ड्रो ट्रोसार्डले गोल गरे । खेलको ३३ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

६२ औं मिनेटमा हाभेट्र्जले र ८६ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे ।

आर्सनलको ३१ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको लिभरपुल ७० अंकका साथ दोस्रो तथा ३१ खेल खेलेको म्यान्चेस्टर सिटी ७० अंकसहित तेस्रो स्थानमा छ ।

लिभरपुलले आज राति म्यान्चेस्टर युनाइटेडको सामना गर्दैछ । पराजित ब्राइटन ३१ खेलबाटै ४३ अंकका साथ १० औं स्थानमा छ ।