२२ मंसिर २०८२, सोमबार
,
Latest
पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह कुवेतमा अलपत्र महिला कामदारको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देश यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बटलरको शतकमा राजस्थानले बैंगलोरलाई ६ विकेटले हरायो, कोहलीको शतक काम लागेन



अ+ अ-

काठमाडौँ । इंन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लगातार चौंथो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

अन्तिम बलमा छक्का प्रहार गर्दै राजस्थानका ओपनर जोस बटलरले शतक बनाउँदै अविजित रहे । ५८ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, कप्तान सञ्जु सामसनले ६९ रनको योगदान दिए । ४२ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । सिमरोन हेटमायर ११ रनमा अविजित रहे । बलिङतर्फ बैंगलोरका रिस टोपलेले २ तथा यश दयाल र मोहम्मद सिराजले १–१ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर ब्याटिङ ब्याटिङ थालेको बैंगलोरले २० ओभरमा ३ विकेटको क्षतिमा १८३ रन जोडेको थियो । विराट कोहलीले ११३ रनको अविजित शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । कोहलीको यो आईपीएल इतिहासमा कीर्तिमानी आठौं शतक हो ।

७२ बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । यस्तै, फाफ डु प्लेसिसले ४४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ राजस्थानका युजभेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले एक विकेट लिए । जितसँगै राजस्थान अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको ४ खेलबाट ८ अंक छ । ५ खेलमा ४ खेलमा हार ब्यहोरेको आरसीबी २ अंकका साथ आठौं स्थानमा छ ।