• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

कैलालीको धनगढीमा यु–१३ फुटबल खेलाडी छनोट सुरु



महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा आजदेखि कैलालीको धनगढीमा यु–१३ छात्र/छात्रा खेलाडी छनोट सुरु भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले युवा विकास परियोजनालाई निरन्तरता दिन प्रदेश स्तरीय खेलाडी छनोट थालेको सङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

“सुदूरपश्चिमका नौवटै जिल्लाबाट ८८ खेलाडी छनोट भएर आएका छन्,” उहाँले भन्नुभयो–“ती मध्येबाट छनोटमा पर्ने खेलाडीलाई एन्फा एकेडेमीमा भर्नाका लागि दोस्रो चरणको छनोटमा सहभागी गराइने छ ।” आज र भोली छात्र खेलाडी तथा सोमबार छात्रा खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।

मुलुकभरबाट छनोट भएर आउने खेलाडीलाई समेटेर एन्फाले विभिन्न एकेडेमी सञ्चालन गर्नेछ । अन्तिम छनोटमा परेका खेलाडीको सम्पूर्ण व्यवस्थापनसहित एन्फाले राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रदेश अध्यक्ष श्रेष्ठले बताउनुभयो ।