• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत

अपराजित राजस्थानले घरेलु मैदान जयपुरमा बैंगलोरसँग खेल्दै



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १९औं खेल आज राजस्थान रोयल्स (आरआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बीच हुँदैछ । खेल जयपुरको सवाई मानसिंह स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली राजस्थान ५९ रनमा अलआउट भएको थियो । राजस्थानले यस सिजनका तीनवटै खेल जितेको छ । अर्कोतर्फ, बैंगलोरले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ ।

आईपीएलमा राजस्थान र बैंगलोरबीच ३० खेल खेलिएका छन् । राजस्थान १२ मा र बैंगलोर १५ खेलमा विजयी भएको छ । यी दुईबीचको ३ खेल अनिर्णित रह्यो । दुई टोलीबीच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ खेल जितेका छन् ।

राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै सिजनको सुरुवात गरेको थियो । दोस्रो खेलमा दिल्ली क्यापिटल्स लाई १२ रनले पराजित गरेको थियो भने तेस्रो खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स लाई ६ विकेटले पराजित गरेको थियो ।

मध्यक्रमका ब्याट्सम्यान रियान पराग यस सिजन टोलीका सर्वाधिक स्कोरर र लिगको दोस्रो सर्वाधिक स्कोरर हुन् । उनीभन्दा अगाडि विराट कोहली (२०३ रन) छन् । परागले ३ खेलमा १८१ रन बनाएका छन् । जसमा दुई अर्धशतक पनि रहेको छ । दिल्लीविरुद्ध ८४ रनको अविजित इनिङका लागि उनी प्लेयर अफ द म्याच पनि घोषित भए । टोलीका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक (६ विकेट) लिएका छन् ।

अर्कोतर्फ यस सिजन बैंगलोरको खराब लय जारी छ । टोलीले चारमध्ये एक खेल मात्र जित्न सकेको छ । आरसीबी पहिलो खेलमा चेन्नईसँग पराजित भएको थियो । दोस्रो खेलमा बैंगलोरले पञ्जाबलाई पराजित गरेको थियो । टोलीले तेस्रो खेलमा कोलकाता र चौथो खेलमा लखनउसँग हार बेहोरेको थियो ।

स्टार ब्याट्सम्यान विराट कोहली यो सिजन सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले ४ खेलमा २०३ रन बनाएका छन् । बलिङमा टोलीमा ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् । उनले चार खेलमा चार विकेट लिएका छन् ।

जयपुरको सवाई मानसिंह स्टेडियमको पिच सामान्यतया ब्याट्सम्यान र बलर दुवैका लागि सहयोगी साबित हुन्छ । खेलको प्रारम्भिक ओभरमा फास्ट बलरहरूले सहयोग पाउने अपेक्षा गरिएको छ । यस स्टेडियममा अहिलेसम्म ५४ आईपीएल खेल भइसकेका छन् । पहिले ब्याटिङ गर्ने टोलीले २० खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले ३४ खेल जितेका छन् ।

खेलको दिन जयपुरमा मौसम निकै तातो हुनेछ । शनिबार यहाँको तापक्रम २३ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहनेछ । वर्षाको सम्भावना बिल्कुलै छैन ।