२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबाद र चेन्नईको खेलमा बिजुली काटिन सक्ने ? ३ करोड बढी विद्युत महशुल तिर्न बाँकी



अ+ अ-

एजेन्सी । सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीचको आईपीएल खेलअघि हैदरावादको उप्पल क्रिकेट स्टेडियममा विद्युत विभागले विद्युत आपूर्ति सुचारु गरेको छ ।

हैदराबाद क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो । तीन करोडभन्दा बढीको बक्यौता नतिरेको भन्दै विद्युत विभागले उप्पल रंगशालाको विद्युत् काटेको थियो ।

तर, अहिले भने विद्युत आपूर्ति सुचारु गरिएको हो । आइपिएल २०२४ को १८औं खेल सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच शुक्रबार हैदराबादको राजीव गान्धी स्टेडियम (उप्पल क्रिकेट स्टेडियम) मा खेल्दैछ । यस खेलमा सीएसकेले तेस्रो जित दर्ता गर्न खोज्नेछ भने हैदरावाद दोस्रो जित दर्ता गर्न चाहन्छ ।

हैदरावादको यो मैदानमा जारी सिजनमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ । मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा प्याट कमिन्सको टोलीले दमदार प्रदर्शन गर्दै आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको थियो ।

हैदरावादले मुम्बईविरुद्ध २७७ रन बनाएको थियो । जवाफमा मुम्बईले २४६ रन बनाएको थियो । आगामी खेलमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।