९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द

भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द
अ अ+ अ-

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द भएका छन् ।

वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द भएका हुन् । बर्ष र बाढीको प्रकोप बढ्दै गएकाले आगामी केही घन्टाहरूमा रद्द भएका उडानको सङ्ख्या बढ्ने देखिएको छ ।

सिड्नी विमानस्थलका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बाढी आएपनि रनवेहरू खुला रहेको पुष्टि गर्नुभयो, तर यात्रुहरूले समय बित्दै जाँदा थप ढिलाइ हुने विषयमा विश्वस्त देखिन्छन् ।

प्रवक्ताले आँधीबेहरीका कारण केही उडान रद्द र केहीमा ढिलाइ भएको बताउदै यात्रुहरूलाई उडानको स्थितिबारे सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गर्नुभयो । न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको छ ।

स्थानीय मौसम सेवा प्रदायक ‘वेदरजोन’को तथ्याङ्कले सिड्नीमा शुक्रबार बिहानसम्म २४ घण्टामा १११ मिलिमिटरको वर्षाको साथ पूर्ण डुबानको सामना गरेको थियो ।

गम्भीर मौसमी प्रभावले ११ वटा रेल लाइनहरू जोड्ने यातायात केन्द्र ‘रेडफर्न स्टेसन’मा उपकरणमा क्षति पुग्दा रेल सेवासमेत प्रवावित भएको छ । रेडफर्नमा मौसमले उपकरणलाई क्षति पुगी विमानको उडानमा ढिलो भएका कारण रेलहरू समेत निर्धारित समयमा सेवा दिन सकेका छैनन् । मौसम प्र्रतिकुल नहुँदासम्म हवाई तथा रेल सेवामा ढिलाइ र अवरोध जारी रहने सूचना गरिएको न्यु साउथ वेल्सको सरकारी सडक तथा यातायात कार्यालयले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।

अस्ट्रेलियाको मौसम विभाग ९बिओएम० को पूर्वानुमान अनुसार अझै थप वर्षा हुने सम्भावना बाँकी छ । इलावारा एस्कार्पमेन्ट र ग्रेटर सिड्नी क्षेत्रका भित्री भागहरूमा पनि भारीमात्रामा वर्षा हुने सम्भावना छ । उक्त क्षेत्रमा तीन सय मिलिमिटरसम्म वर्षा भएको आँकलन गरिएको छ ।

गम्भीर आँधीबेहरीको सम्भावना देखिएकाले शक्तिशाली आँधी र तीव्र हावाका साथ स्थानीय आकस्मिक बाढी र पानीको छेउमा धेरै खतरनाक अवस्था निम्त्याउन सक्ने बिओएम मौसमविद् एङ्गस हाइन्सले बताउनुभएको छ ।

विभागले बाढी आउनसक्ने र डुबान हुनसक्ने सिड्नी महानगर, इलावारा र अन्य पाँच वटा पूर्वानुमानित जिल्लाहरूका मानिसहरूलाई सतर्क रहन आग्रह गर्दै कडा मौसमी चेतावनी पनि जारी गरेको छ ।
(((