११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ बिन्दुमा, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ६.८१ अंकले घटेर २ हजार ४६६.९२ विन्दुमा पुगेको छ । 

बुधबार कारोबारमा आएका २०२ वटा कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९१ हजार ५५९ पटकमा रू. ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ बराबरको शेयर खरीदविक्री भएको हो । 

सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ५५२ पुगेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरणको लागि साधारण सभा मिती तय गरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्नको लागि आगामी फागुन १३ गते साधारण सभा बोलाएको छ । माघ २९ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । त्यसैगरी जनउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ९.९८ प्रतिशतले वृद्धि भएको हो ।

कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत् समूहको १.०४ प्रतिशत, लघुवित्त समूहको ०.०२ प्रतिशत, बैकिङ्ग समूहको परिसूचक ०.२४ प्रतिशत र म्युचुअल फण्डको ०.३८ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसुचक घटेको छ । 

बुधबारको कारोबार दिनमा सर्वाधिक कारोबार भने ग्लोबल आइएमई बैंकको भएको छ । उक्त कम्पनीको रू. ५६ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रू. ३२ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

बुधबारको कारोबारमा सबैभन्दा बढी पोखरा फाइनान्स कम्पनीको शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य  ७.८८ प्रतिशतले घटेको हो । उक्त कम्पनीको शेयर मूल्य बुधबार प्रतिकित्ता रू. २६९ कायम भएको छ ।

केहि दिन अघिसम्म कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि भएको थियो । बजार केहीमात्रामा करेक्सन भएसँगै लगानीकर्ताले अल्पकालिन नाफा बुक गरेकाले बजार घटेको हो । कारोबारको शुरुवाती समयमा नेप्से २ हजार ५०० अंकमा पुगेको थियो ।




भर्खरै