१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज कडा टक्कर: चेन्नई र हैदरावाद भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १८ औं खेलमा आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स खेल्दैछन् । हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनलागेको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ ।

यो सिजन दुवै टोलीले आज चौथो खेल खेल्दैछन् । हैदरावादले तीन खेलमा दुईमा हार र एकमा जित हात पारेको छ । यता, चेन्नई भने दुई खेल जित्दा अन्तिम खेलमा दिल्लीसँग पराजित भएको थियो ।

चेन्नई सुपर किंग्सका मुस्ताफिजुर रहमान आजको खेलमा खेल्ने निश्चित छैनन्। रहमान अमेरिकाको भिसासम्बन्धी कामका लागि स्वदेश फर्किएका छन् । रहमान हाल ७ विकेट लिएर पर्पल क्याप होल्डर हुन्।

हेड-टु-हेड

आइपिएलमा हैदरावाद र चेन्नईबीच हालसम्म १९ खेल खेलिएका छन् । जसमा चेन्नईले १४ र हैदरावादले ५ खेल जितेको छ । चेन्नईले हैदरावादविरुद्ध ७४५ खेल जितेको छ ।

राजीव गान्धी स्टेडियममा भने दुवै टोलीको कीर्तिमान बराबर छ । हैदराबाद र चेन्नईबीच अहिलेसम्म यहाँ कुल ४ खेल खेलिएको छ। जसमा दुबै टोलीले दुई दुई खेल जितेका छन् ।

हैदरावाद पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग चार रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई पराजित गर्दै टोलीले जितको खाता खोलेको थियो भने तेस्रो खेलमा गुजरात टाइटन्ससँग ७ विकेटले हार बेहोरेको थियो ।

टोलीका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाएका छन् । उनले तीन खेलमा १६७ रन बनाएका छन् । यस्तै, कप्तान प्याट कमिन्सले सर्वाधिक विकेट लिएका छन् ।

यता, चेन्नईले ले भने आफ्नो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हराएको थियो भने तेस्रो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो ।

अलराउन्डर शिवम दुबेले टोलीको लागि सर्वाधिक रन बनाएका छन् । उनले तीन खेलमा एक अर्धशतकको सहयोगमा १०३ रन बनाएाका छन् । मुस्ताफिजुर रहमानले सर्वाधिक विकेट लिएका छन् ।

पिच रिपोर्ट

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम आफ्नो समतल विकेटको लागि परिचित छ। यहाँको पिच ब्याटिङमैत्री छ । यो मैदानमा हाई स्कोरिङ खेलहरू देखिएका छन्।

यस रंगशालामा हालसम्म ७२ आईपीएल खेल भइसकेका छन्, जसमध्ये ३२ खेल पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले जितेको छ भने ४० खेल लक्ष्य पछ्याएको टोलीले जितेको छ ।

मौसम अवस्था

हैदरावादमा आजको मौसम तातो रहने बताईएको छ । यहाँको तापक्रम ४१ देखि २८ डिग्रीसम्म रहने अनुमान गरिएको छ ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, मयंक अग्रवाल, अभिषेक शर्मा, एडेन मार्कराम, हेनरिक क्लासेन, अब्दुल समद, शाहबाज अहमद, जयदेव उनाडकट, भुवनेश्वर कुमार र मयंक मार्कंडे।
इम्प्याक्ट प्लेयर: उमरान मलिक।

चेन्नई सुपर किंग्सको सम्भावित प्लेईङ ११:

रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिंक्य रहाणे, डेरिल मिचेल, रवीन्द्र जडेजा, समीर रिजवी, एमएस धोनी (विकेटकिपर), दीपक चाहर, तुषार देशपांडे, मथिशा पाथिराना र महिश तिक्षाना।
इम्प्याक्ट प्लेयर: शिवम दुबे।