३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको लगातार १३औं जित



अ+ अ-

लन्डन ।  बुधबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटीले आफ्नो तीन अंकको अग्रता फेरि कायम राखेको छ । यसक्रममा टोलीले लगातार १३ औं जित आत्मसात् गरेको छ । यसका लागि उसले बर्नलीलाई सजिलै २–० ले हरायो । सिटीले तेस्रो मिनेटमा ग्याब्रिएल जेससको गोलले अग्रता लिएयता रहिम स्टर्लिङले दोस्रो गोल थपे ।

यो जितपछि सिटीको २१ खेलबाट ४७ अंक भएको छ । म्यानचेस्टर युनाइटेड ४४ अंकसहित दोस्रो स्थानमा छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल भने ब्राइटनको हातबाट १–० ले पराजित रह्यो । स्टेफेन एलाजेटले खेलको एक मात्र गोल गरे । लिभरपुल हारपछि ४० अंकमा सीमित रहेर चौथो स्थानमा झरेको छ ।

लेस्टर सिटी भने फुलहमलाई २–० ले हराएर तेस्रो स्थानमा उक्लिन सफल रह्यो । त्यसमा केलेची इहनाचो र जेम्स जस्टिनले गोल गरे । यससँगै लेस्टर शीर्ष चारमा आफ्नो पकड बलियो बनाउन सफल रह्यो । अन्य खेलमा एभरटनले लिड्सलाई २–१ र वेस्ट ह्यामले एस्टन भिल्लालाई ३–१ ले हराए ।