• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

पाल्मेरको ह्याट्रिकमा म्यान्चेस्टर युनाइटेडमाथि चेल्सीको चमत्कारी जित



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडमाथि ४–३ गोलको जित निकालेको हो ।

घरेलु मैलान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा अन्तिम समयमा दुई गोल गर्दै चेल्सीले रोमाञ्चक जित दर्ता गर्यो । चेल्सीका कोल पाल्मेरले ह्याट्रिक समेत गरे ।

खेलको चौंथो मिनेटमा नै कोनोर गालाघेरको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो । १९ औं मिनेटमा पाल्मेरले पेनाल्टीमा गोल थप्दै चेल्सीको अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा अलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई १–२ को स्थितीमा ल्याए ।

३९ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोेल गर्दै युनाइटेडलाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि गर्नाचोले ६७ औं मिनेटमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ गोलले अघि बढाए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा कोल पाल्मेरले २ गोल गर्दै चेल्सीलाई रोमाञ्चक जित दिलाए । युनाइटेडका डिओगो डालोटले चेल्सीका नोनी माडुकेलाई डि–बक्सभित्र लडाएपछि चेल्सीले पेनाल्टी पायो ।

पाल्मेरले त्यसलाई खेर जान दिएनन् र चेलसी ३–३ गोलको बराबरीमा आयो । यस्तै, अन्तिममा कर्नरबाट आएको पासलाई पाल्मेरले गोलमा परिणत गर्दै ह्याट्रिकसहित चेल्सीलाई जित दिलाए ।

यो नतिजापछि युनाइटेड ३० खेलबाट ४८ अंकका साथ छैटौं स्थानमा छ भने चेल्सी २९ खेलबाट ४३ अंकका साथ १० औं स्थानमा छ ।