१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको कमोड चोरी गरेका शीनले गरे अपराध स्वीकार: कमोड हेर्न मानिसहरू २ घण्टा लाइनमा बस्थे



अ+ अ-

एजेन्सी । जेम्स शीन नामका एक व्यक्तिले बेलायतको ब्लेनहाइम प्यालेसबाट सुनको शौचालय चोरेको आरोप स्वीकार गरेका छन् । १८ क्यारेट सुनबाट बनेको उक्त कमोड सन् २०१९ मा चोरी भएको थियो । यसको मूल्य करिब ५० करोड रुपैयाँ रहेको छ ।

अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार यो सुनको शौचालय पहिलो पटक सन् २०१६ मा न्यूयोर्कको गुगेनहेम म्युजियममा राखिएको थियो । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०१७ मा व्हाइट हाउसमा राख्नको लागि पनि उधारो दिइएको थियो।

 

मिडिया रिपोर्टका अनुसार सन् २०१६ मा न्युयोर्कको गुगेनहेम म्युजियममा कलाकृति प्रदर्शनी आयोजना गर्दा मानिसहरु यसलाई हेर्न दुई घण्टा लाइनमा बस्नुपरेको थियो । यस अवधिमा, क्लिनरहरूले प्रत्येक १५ मिनेटमा शौचालय सिटहरू सफा गर्थे। एक तथ्याङ्क अनुसार १ लाख मानिसले यो ट्वाइलेट सिट हेरेका थिए ।

विन्स्टन चर्चिलको कोठा नजिकै शौचालय स्थापना गरिएको थियो

यो शौचालय अक्सफोर्डशायरको ब्लेनहाइम प्यालेसमा विन्स्टन चर्चिलको जन्म भएको कोठा नजिकै राखिएको थियो। चर्चिल पहिलो विश्वयुद्धको समयमा १९४० मा बेलायतको प्रधानमन्त्री थिए।

यस्तै, सेप्टेम्बर २०१९ मा इटालियन कलाकार मौरिजियो क्याटेलानको एक कला प्रदर्शनी दरबारमा आयोजित गरिएको थियो। ‘विक्टोरी इज नॉट ए बिकल्प’ नामको ए्याक्टमा पनि सुनको उक्त कमोड देखाइएको थियो ।

सीएनएनको रिपोर्टका अनुसार इटालियन कलाकार क्याटेलनले यो कमोडको नाम ‘अमेरिका’ राखेका थिए । कला, पैसा, लोभ र पुँजीवादमाथि व्यंग्यात्मक टिप्पणीका रूपमा उनले यसलाई ‘अमेरिका’ नाम दिएका थिए।

चोरले शौचालय उखेलेर चोरी गरेको थियो । जसको कारण शौचालय भएको क्षेत्र जलमग्न भएको थियो । चोरहरूले दुईवटा गाडीको प्रयोग गरी चोरी गरेको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ ।

चोरीको पाँच वर्षपछि अर्थात् अप्रिल ३, २०२४ मा ३९ वर्षीय अभियुक्त जेम्स शिनले अक्सफोर्ड क्राउन कोर्टमा चोरीको षड्यन्त्र गरेको अपराध स्वीकार गरेका छन् । शीन पहिले नै अर्को चोरी मुद्दामा १७ वर्षको जेल सजाय काटेका थिए। उनले राष्ट्रिय घोडा दौड संग्रहालयबाट ट्र्याक्टर र ट्रफीहरू चोरी गरेका थिए।

सीएनएनका अनुसार, शीन बाहेक, यस मुद्दामा अन्य तीन अभियुक्तहरू पनि सामेल रहेको पाईएको छ । यद्यपी, उनीहरुले चोरीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।