• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

आईपीएलमा केकेआरले बनायो सबैभन्दा छिटो १०० रन, यस्तो छ रेकर्डहरू



Sunil Narine of Kolkata Knight Riders hits over the top for six during match 16 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Kolkata Knight Riders held at the Dr YS Rajasekhara Reddy ACA-VDCA Cricket Stadium, Visakhapatnam on the 3rd April 2024. Photo by Ron Gaunt / Sportzpics for IPL

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनमा कोलकाता नाइट राइडर्स (केकेआर)ले लगातार तेस्रो जित हात पारेको छ । बुधबार विशाखापट्टनममा भएको यस सिजनको १६औं खेलमा टोलीले दिल्ली क्यापिटल्स (डीसी) लाई १०६ रनले पराजित गरेको हो । यो सिजनमा भारी अन्तरको रनको जित निकाल्ने कोलकाता पहिलो टोलि हो । टोलीले लिगको इतिहासमा पहिलो पटक आफ्नो पहिलो तीन खेल जितेको छ ।

बुधबार विशाखापट्टनममा टस जितेर ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । यससँगै टोलीले आईपीएलको दोस्रो उच्च स्कोर बनायो । साथै, यो लिगमा कोलकाताको सबैभन्दा ठूलो स्कोर पनि हो।

जवाफी इनिङ्समा दिल्लीको टोली १७.२ ओभरमा १६६ रनमा अलआउट भएको थियो। खेलको प्लेयर अफ द म्याच सुनिल नारायण भए । उनले ३९ बलमा ८५ रनको पारी खेलेका थिए ।

यस खेलको शीर्ष रेकर्ड र रोचक तथ्यहरू यस्तो छ

१. आईपीएलमा दोस्रो उच्च स्कोर

टस जितेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा २७२ रन बनाएको थियो । जुन आईपीएल ईतिहासको दोस्रो ठूलो स्कोर हो । गत हप्ता, सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सविरुद्ध उच्चतम स्कोर बनाएको थियो। उक्त खेलमा हैदरावादले २० ओभरमा तीन विकेट गुमाएर २७७ रन बनाएको थियो ।

२. आईपीएलमा केकेआरको उच्चतम स्कोर

कोलकाताको टोलीले दिल्लीविरुद्ध २७२ रन बनाएर यस लिगमा आफ्नो उच्च स्कोर बनाएको छ । यसअघि २०१८ सिजनमा कोलकाताले इन्दोरमा किंग्स इलेभेन पञ्जाबविरुद्ध २४५/६ रन बनाएको थियो ।

३. पावरप्लेमा केकेआरको दोस्रो उच्च स्कोर

कोलकाताले आईपीएलमा पावरप्लेमा दोस्रो उच्च स्कोर बनाएको छ । टीमले दिल्ली विरुद्धको पावरप्लेमा एक विकेट गुमाएर ८८ रन बनाएको थियो, जुन पावरप्लेमा कोलकाताको दोस्रो उत्कृष्ट स्कोर हो। यसअघि केकेआरले २०१७ मा आरसीबीविरुद्ध १०५ रन बनाएको थियो।

४ . आईपीएलमा सबैभन्दा छिटो १०० रन बनाउने टिम

बुधबार केकेआरले डीसीविरुद्ध ७.३ ओभर (४५ बल)मा १०० रन बनाएको थियो। योसँगै कोलकाता यस लिगमा सबैभन्दा छिटो १०० रन बनाउने टिम पनि बनेको छ ।

५. १० ओभरमा दोस्रो उच्च स्कोर

कोलकाताले दिल्ली विरुद्ध १० ओभरमा एक विकेट गुमाएर १३५ रन बनाएको थियो । जुन आईपीएलमा १० ओभरसम्मको दोस्रो उच्च स्कोर हो। आईपीएल खेलको पहिलो १० ओभरमा सबैभन्दा ठूलो स्कोर बनाउने कीर्तिमान सनराइजर्स हैदरावादको नाममा छ । हैदरावादले मुम्बई इन्डियन्सविरुद्ध २ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।

Andre Russell of Kolkata Knight Riders hitting a four during match 16 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Kolkata Knight Riders held at the Dr YS Rajasekhara Reddy ACA-VDCA Cricket Stadium, Visakhapatnam on the 3rd April 2024.
Photo by Saikat Das / Sportzpics for IPL