५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोडेनको ह्याट्रिकमा सिटीको सानदार जित, रोमाञ्चक बन्दै प्रिमियर लिग उपाधि होड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले घरेलु मैदान इतिहाडमा एस्टन भिल्लामाथि ४–१ गोलको सहज जित निकालेको हो ।

सिटीलाई फराकिलो जित दिलाउन फिल फोडेनले ह्याट्रिक गरे भने एक गोल रोड्रीले थपे । भिल्लाका जोन डुरानले एक गोल फर्काए । सिटीले ११ औं मिनेटमा नै रोड्रीको गोलबाट अग्रता लिएको थियो ।

तर, डुरानले २० औं मिनेटमा गोल गर्दै भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि सिटीका फोडेन रोकिएनन् । उनले पहिलो हाफको इन्जुरी समयमा, ६२ औं मिनेटमा र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

जितसँगै ३० खेलबाट ६७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । एस्टन भिल्ला ३१ खेलबाट ५९ अंकसहित चौंथो स्थानमा छ ।




भर्खरै