५ फाल्गुन २०८१, सोमबार
,
Latest
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति कीर्तिपुर “जलन अस्पताल”को पीडा सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले गएराति भएको खेलमा लुटन टाउनमाथि २–० गोलको जित निकालेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले एक गोल गरे भने अर्को गोल आर्सनलले उपहारस्वरुप पायो । खेलको २४ औं मिनेटमा ओडेगार्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा लुटनका डाइकि हासिओकाले आत्मघाती गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । यद्यपि, दोस्रो हाफमा भने दुबै टोलीबाट कुनै गोल निस्किन सकेन ।

आर्सनलको ३० खेलबाट ६८ अंक छ । एक खेल कम खेलेको लिभरपुल ६७ अंकका साथ दोस्रो स्थानमा रहँदा ३० खेलबाट ६७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । लुटन ३१ खेलबाट २२ अंकका साथ १८ औं स्थानमा छ ।