• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा



काठमाडौँ । त्रिकोणत्मक मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता (एसएमएस फ्रेन्डसिप कप)अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । गुजरातको भापीमा भर्खरै सम्पन्न खेलमा गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । योसँगै नेपालले लगातार तीन खेलमा जित निकालेको छ ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७३ रनमात्रै बनायो । गुजरातका लागि उमंग पटेलले २४ बलमा ४७, हर्ष देशाईले १६ बलमा २९, अभिषेक देशाईले १७ बलमा २० तथा स्मित पटेलले १४ बलमा १९ रन जोडे ।

बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले २–२ तथा विवेक यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ४४ बलमा ६७ रन जोड्दा शेखले ५१ बलमा ८५ रनको योगदान दिए ।

यी दुई बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । रोहित पौडेलले ३, सन्दीप जोराले २, कुशल मल्लले १, गुलशन झाले ४, अनिल शाह शून्य रनमा आउट हुँदा विवेक यादव ७ र प्रतिश जिसि ४ रनमा नटआउट रहे ।

बलिङतर्फ गुजरातका जयमित पटेलले ३ तथा आर्या देशाई र ध्रुशान्त सोनीले २–२ विकेट लिए । गुजरातमा जारी प्रतियोगितामा नेपाल, गुजरात र बरोडाले भाग लिएका छन् । नेपालले टी–२० विश्वकपको तयारीस्वरुप प्रतियोगिता खेल्न भारत गएको हो ।