९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

श्रीलंकाले बंगलादेशविरुद्ध क्लिन स्वीप गर्दै सिरिज २–० ले जित्यो

श्रीलंकाले बंगलादेशविरुद्ध क्लिन स्वीप गर्दै सिरिज २–० ले जित्यो
अ अ+ अ-

एजेन्सी । श्रीलंकाले दुई टेष्टको सिरिजमा क्लिन स्वीप गरेको छ ।पहिलो टेस्ट म्याचमा बंगलादेशलाई ३२८ रनले पराजित गरेको थियो ।

जहाँ दोस्रो टेष्ट खेलमा पाहुना टोलीले आयोजक राष्ट्रलाई १९२ रनले पराजित गरेको हो । दोस्रो टेस्टमा बंगलादेशको फिल्डिङ निकै कमजोर थियो, जसको फाइदा श्रीलंकाका ब्याट्सम्यानले उठाएका थिए ।

दोस्रो टेस्टमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा ५३१ रनको विशाल स्कोर बनाएको थियो । ओपनिङ जोडीले टोलीलाई बलियो सुरुवात गराए । निशान मधुस्का र करुणारत्नेले अर्धशतक बनाए । कुसल मेन्डिसले ९३ रनको इनिङ खेले । चण्डिमल, धनञ्जय डि सिल्भा र कामिन्दु मेन्डिसले पनि अर्धशतक बनाए ।

जवाफमा बंगलादेशको पहिलो इनिङ्स १७८ रनमा समेटिएको थियो । बंगलादेशका लागि जाकिर हसनले मात्र संघर्ष गरे । जाकिर ५४ रन बनाएर आउट भए । मोमिनुलले ३३ रनको योगदान दिए । श्रीलंकाका फर्नान्डोले ४ विकेट लिए भने प्रभात जयसूर्या, लाहिरु कुमारा र विश्व फर्नान्डोले २–२ विकेट लिए । पहिलो इनिङ्सको आधारमा श्रीलंकाले ३५३ रनको अग्रता लिएको थियो ।

ठूलो अग्रता लिएर आएको श्रीलंकाले ७ विकेट गुमाएर १५७ रन बनाएर दोस्रो इनिङ्स घोषणा गरेको थियो । म्याथ्युजले ५६ रनको अर्धशतकीय इनिङ खेले । पाहुना टोलीले आयोजक राष्ट्रलाई जितका लागि ५११ रनको लक्ष्य दिएको थियो । बंगलादेशका हसन महमुदले ४ विकेट लिए ।

श्रीलंकाले दिएको ५११ रनको लक्ष्यको जवाफमा बंगलादेश दोस्रो इनिङ्समा ३१८ रनमै सीमित भयो । मोमिनुल हकले ५६ बलमा ५० रन बनाए भने मेहदी हसन मिराजले ११० बलमा ८१ रनको इनिङ्स खेल्दै टोलीलाई जित दिलाउन सक्दो प्रयास गरे । तर, उनले अन्य ब्याट्सम्यानको साथ पाएनन् । श्रीलंकाका लागि लाहिरु कुमाराले दोस्रो इनिङ्समा ४ विकेट लिए ।