२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज कोलकाता र दिल्ली भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा आज तेस्रो खेल खेल्न लागेको कोलकाताले सुरुवाती दुवै खेल जितेको थियो । केकेआरले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई र दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराएको थियो ।

टोलीका लागि ओपनर फिल साल्टले सर्वाधिक रन बनाएका छन् । उनले २ खेलमा ८४ रन बनाएका छन् । बलरमध्ये हर्षित रानाले सर्वाधिक ५ विकेट लिएका छन् ।

दिल्लीले जारी सिजनमा ३ खेल खेलेकोमा एकमा जित र दुई खेलमा हार बेहोरेको छ । दिल्ली पहिलो खेलमा पञ्जाब किंग्स र दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । टोलीले तेस्रो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको थियो ।

दिल्लीका लागि ओपनर डेभिड वार्नर सर्वाधिक रन बनाएका छन् । उनले तीन खेलमा एक अर्धशतकको सहयोगमा १३० रन बनाएका छन् । खलिल अहमदले पाँच विकेट लिएका छन् ।

हेड-टु-हेड

आईपीएलमा दिल्ली र कोलकाताबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यी दुईबीच हालसम्म कुल ३२ खेल भएका छन् जसमा कोलकाताले १६ र दिल्लीले १५ खेल जितेका छन् । दुवै टोली पहिलो पटक विशाखापट्टनममा आमनेसामने हुँदैछन् ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ ११:

श्रेयस अय्यर (कप्तान), वेंकटेश अय्यर, फिल साल्ट, रिंकु सिंह, सुनील नारायण, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, अनुकुल रोय, हर्षित राना र वरुण चक्रवर्ती।
इम्पैक्ट खेलाडी: सुयश शर्मा, अङ्क्रिश रघुवंशी।

दिल्ली क्यापिटल्सको सम्भावित प्लेईङ ११:

ऋषभ पन्त (कप्तान र विकेटकीपर), डेभिड वार्नर, पृथ्वी शा, मिचेल मार्स, ट्रिस्टन स्टब्स, अक्षर पटेल, अभिषेक पोरेल, कुलदीप यादव, एनरिक नोर्त्या, खलील अहमद र मुकेश कुमार।
इम्पैक्ट प्लेयर: इशान्त शर्मा।