२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा ट्याक्सी दुर्घटनामा परी बेपत्ता रहेका दिवस रोकाय चार दिनपछि मृत फेला



तस्बिरः मुग्लिन बजार
अ+ अ-

काठमाडौँ । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवस रोकाय मृत भेटिएका छन् ।

बेपत्ता भएको चार दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारमा रोकाया मृत फेला परेका हुन् ।

दुर्घटनामा ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको थियो ।

शनिबार बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको थियो ।