१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा लगातार तीन बाघ ‘मारिएको’ मा अधिकारकर्मीहरूको बिरोध



अ+ अ-

काठमाडौँ । पछिल्लो ५ महिनामा पर्सा राष्ट्रिय निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएकोबारे अधिकारकर्मीहरूले बिरोध जनाएका छन्।

बाघ तथा सबै खालका पशुपंक्षीको पक्षमा काम गरिरहेका संस्था तथा अहिंसाप्रेमीहरूले काठमाडौं बालुवाटारस्थित डब्लुडब्लुएफको कार्यालयअगाडि मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

कार्यक्रममा सहभागी पशुअधिकारकर्मी स्नेहा श्रेष्ठले पशुलाई मनोरंजन या अन्य प्रयोजनका नाममा थुन्ने काम सही नभएको बताइन्।

प्राणीअधिकार अभियन्ता कल्याण सिलवालले निहत्था पशुमाथिको अन्याय रोकिनुपर्ने बताउदै भने, ‘पशुलाई जे गर्दा पनि हुन्छ भन्ने सोच गलत हो। संसार सबैको साझा हो। मान्छेले मनोरंजन या अन्य नाममा पशुदोहन या पशुहत्या गर्ने गरेका छन्, यसमा कमी आउनुपर्छ।’

यता, संरक्षणकै क्षेत्रमा लामो समय काम गर्दै आएकी सृष्टिसिंह श्रेष्ठले बताइन्, ‘बनका हुन् या सडकका, सबै जनावरप्रति राज्यको जिम्मेवारी छ। पशुलाई जे गरेपनि हुन्छ भन्ने अवधारणा पुरानो हो।राज्यले गैरमान्छेका पनि दुख देखोस्।’

सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकाले बाघलाई खोरमा थुनेर पर्यटकलाई ‘मनोरंजन’ दिन थालेकोबारे पनि बिरोध भएको थियो।