२८ श्रावण २०८३, बिहीबार
,
Latest
रोल्पामा पहिरोले घर / गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन… संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’ सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना राष्ट्रियसभाको बैठक बस्दै म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी उपत्यकाका नेवार समुदायले बिशेष रुपमा मनाउने गुँला पर्व आजदेखि सुरु बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कांग्रेस निवर्तमान सभापति देउवा आज काठमाडौं फर्कँदै जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, तोलामा कति पुग्यो ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको हो ।

बुधबार सुन अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले बढेर हालसम्म कै उच्च प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारेबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजार पुगि नयाँ रेकर्ड बनाएको थियो । आइतबार को रेकर्ड तोड्दै सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम भई उच्च मूल्यमा कारोबार भएको थियो ।

मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरेको सुन बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६५ रूपैयाँले बढेर प्रतितोला एक हजार छ सय १० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।