• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

थिर कोइरालाले सामाजिक संजालमार्फत अन्जु पन्तसँगको प्रेम सम्बन्ध स्वीकारेपछि



काठमाडौं । थिर कोइरालाले आफु र अन्जु पन्त केही समय देखि प्रेम सम्बन्धमा भएको स्वीकारेका छन् । बिहीबार कोेइरालाले सामाजिक संजाल मार्फत जानकारी दिएको हो । कोइराला र पन्त केही समयबाट नै प्रेममा रहेको र अब चाँडै विवाह बन्धनमा बाधिने तयारी भएको स्पष्ट पारेका छन् । उनले आफ्नो फेसबुक अकाउन्टबाट यस्तो लेखेका छन् । 

सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभ–चिन्तक र हामीलाई माया गर्ने सबैमा जिज्ञासा हुनु स्वभाविकै हो । हामीले तपाईहरुको फोनकल र म्यासेजहरु प्राप्त गरिरहेका छौ तर सबैलाई जवाफ दिन असमर्थ छौँ । अब तपाईहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेम छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।

There is a time for everything, and a season for every activity under the heaven. We are aware of the viral news about us on different media outlets. We would like to officially inform you that it is true that we have been in a relationship since 2020, and we are going to marry in the near future. Thank you for your prayer and support, which has increased our excitement. Thank you!