• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने ★   प्रतिनिधिसभाको बैठक आज, रवि लामिछानेले बोल्ने कार्यसूची, कांग्रेसले नदिने ★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छः सौगात मल्ल



काठमाडौँ । अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुनेक्रम रोक्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार चलचित्र ‘द रेड सुटकेश’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै दुःख लाग्ने गरेको बताउनु भयो । उहाँले आगामी केही वर्षपछि नेपालको अवस्था कस्तो हुन्छ भन्ने सोचेर झस्किने गरेको बताउनु भयो । उहाँले राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई रोक्न जरुरी रहेको बताउनु भयो । युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई राज्यले बेवास्ता गरिरहेको बताउनु भयो । उहाँले विदेश पलायन भइरहेको विषयलाई राज्यले के फरक पर्ला र ? भन्ने ध्येयका साथ लिने गरेको दुःखेसो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो देखिरहेको कुरा हो, मेरै साथीहरु नेपालमा छैनन् अहिले । कोही हिरो बन्ने, कोही डाक्टर, आर्मी, पुलिस बन्छु भन्ने साथीहरु बाहिर नै छन् । यो दुःख लाग्ने कुरा हो । अब केही समयपछि त कोही पनि हुँदैनन् की जस्तो छ, यसले मलाई झसंग, झसंग पार्दछ । मनमा एकखालको अफ्ठ्यारो लाग्छ, कसरी रोक्न सकिन्छ जस्तो लाग्छ । यसलाई कसरी रोक्ने भन्ने ठ्याक्कै थाहा छैन । सरकारले काम गर्ने हो । तर सरकार पनि बेवास्ता गरिरहेको जस्तो देखिन्छ, केही मतलव नै छैन जस्तो देखिन्छ, के फरक पर्ला र ? भन्ने जस्तो देखिन्छ, तर केही होस् भन्ने चाहन्छुु ।’

चलचित्रमा कलाकारहरु विपिन कार्की, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, प्रविण खतिवडा रहेका छन् । चलचित्र रेड सुटकेसको लेखन÷निर्देशन फिडेल देवकोटाले गर्नुभएको हो ।