२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले बरोडालाई २७ रनले हरायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खला (एसएमएस फ्रेन्डसिप कप) अन्तर्गत नेपालले बरोडालाई पराजित गरेको छ । गुजरातको भापीमा भर्खरै सम्पन्न खेलमा नेपाल २७ रनले विजयी भएको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा अलआउट हुँदै १२९ रनमात्रै जोड्यो । बरोडाका लागि भानु पनियाले ३८, बाबा खानले २७, विष्णु सोलाङ्कीले २५ तथा अमित पासीले १४ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा गुलशन झा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाएर १५६ रन जोड्यो । नेपालका कुशल मल्ल २५ बलमा ४० रनसहित तथा दिपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे ।

यस्तै, सन्दीप जोराले १६ बलमा २९ रनको योगदान दिँदा अनिल शाहले २५, रोहित पौडेलले १८, गुलशन झाले १३, कुशल भुर्तेल र आसिफ शेखले ९–९ रन जोडे ।

बलिङतर्फ बरोडाका बाबा खानले २, परिक्षित पाटिदार र मोहित मोंगियाले १–१ विकेट लिए ।