५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैन: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गर्नुभयो । उहाँले नेपाली राजनीतिक कर्मीहरुहको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभइ सहयोगी रहेको जिकिर गर्नुभयो । उहाँले केही भएका कमीलाई संशोधन गरेर जान सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन प्रणालीका कुरा उठे, यसका आफ्नै समस्या छन् । पैसा हुनेले जित्ने, यो निर्वाचनको विकृतिलाई कसरी नियन्त्रण गर्ने ? यसको निम्ति कुनै प्रत्यक्ष निर्वाचनको परिपाटीले टुंगो लगाउँदैन । प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त । केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त । अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त । हाम्रो आचरण यस्तो छ ।’

‘हामी जस्ता यस्तै खालका मान्छेहरु राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन् । अनि कुरा उठाउनेहरुलाई गोदेर कहाँ पुर्‍याइदिने हो । यो हेरेर चल्नुपर्छ । हाम्रो चुनावको प्रणालीमा मुख्य समस्या छ । अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानून निर्माण गर्नेकुरामा ध्यान दिनुपर्छ । त्यसपछि आवश्यकता परे कुन संविधानको कुन धारा हो जस्तो संघीय प्रणाली, स्थानीय निकायहरुसँगका कुराहरु पनि । यि सबै कुराको बारेमा बहस र छलफल गर्न सकिन्छ ।’

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । नेपालमा समाजवादको विकल्प नरहेको जिकिर गर्नुभयो । राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य गरेको भएपनि फेरि राजतन्त्रका शक्तिहरु सल्बलाउने र पुन:उत्थानवादीहरुले राजतन्त्र फर्काउने कोशिष गरिरहेको भन्दै समयमै सजग हुनुपर्ने बताउनु भयो ।